हाम्रोबारे

हाम्रोबारे

हाम्रोबारे

श्री सत्य साई उवाच शृंखला लगायत सूक्ष्म स्वरूपमा भगवान श्री सत्य साई बाबाका दिव्य प्रवचन र पुस्तकहरूलाई विश्वका विभिन्न भाषाहरूमा उल्था गर्ने काम बडो उत्साहपूर्ण र भव्य तरीकाले भईरहेको छ। श्री सत्य साई प्रेमामृत प्रकाशनले, भगवान श्री सत्य साई बाबाको प्रत्यक्ष मार्गदर्शनमा विश्वव्यापी अनुवादकहरूको टोलीहरूलाई निर्देशन र व्यवस्थापन गर्दछ । सन् २०१९ नोवेम्बर, स्वामीको ९४ औँ जन्मोत्सवको अवसरमा विश्वव्यापी उवाच समूहहरू माझ भएको सत्संगमा, स्वामीले नेपाली समूहलाई पनि भगवानका प्रवचनहरू नेपाली भाषामा अनुवाद गर्ने परम आशीर्वाद प्रदान गर्नुभयो । हरेक गुरु पुर्णिमा र हरेक जन्मोत्सवको अवसरमा नेपाली भाषामा नयाँ पुस्तकहरू तयार गर्ने हाम्रो समूहको श्रद्देय कोशिश रहन्छ ।

यस बाहेक विभिन्न विदेश भ्रमणको क्रममा स्वामीले दिनुभएका प्रवचनहरूको नेपाली अन्लाईन पुस्तिकाहरू पनि यहाँहरूले यस लिंकमा हेर्न सक्नुहुनेछ :
https://saiprakashana.online/web/np/booklets-np