प्रश्न-उत्तर
यस अंशमा स्वामी र भक्तहरू बीचका महत्त्वपूर्ण र रुचीलाग्दा प्रश्न-उत्तरहरू हरेक हप्ता राखिन्छन् ।
प्रश्न : म हरेक वर्ष पुट्टपर्ती जान्छु । म दुईदेखि तीन महिना बस्छु र मलाई लाग्छ तपाईं सधैँ मेरो साथमा हुनुहुन्छ । तर, जब म पुट्टपर्ती छोडेर लन्डन वा अन्यत्र जान्छु, म तपाईंको उपस्थिति सधैँ महसुस गर्दिनँ । म यो कसरी महसुस गर्न सक्छु ? के तपाईंले मलाई बताउन सक्नुहुन्छ ?
स्वामी : पुट्टपर्तीमा, तिमीले आफूलाई अन्य सबै वार्तालापहरू, कुराकानीहरू र आदानप्रदानहरूबाट अलग राख्छौ, त्यसैले प्रायः तिम्रो मन मबारे सोच्न स्वतन्त्र हुन्छ । म त्यहाँ – र, यहाँ पनि तिम्रो साथमा छु । यदि तिमीले पूर्वतिर हेर्यो भने, तिमीले पश्चिममा के छ देख्न सक्दैनौ । त्यसैगरी, यदि मन संसारमा सर्छ भने, तिमीले स्पष्टत: भगवान्प्रतिको एकाग्रता गुमाउनेछौ । तिमी पुट्टपर्तीमा हुँदाजस्तै, तिम्रो सम्बन्धहरू, तिम्रो नाताहरू र तिम्रो कुराकानीहरूलाई कम गर; यसले तिमीलाई ममा अझ राम्रोसँग ध्यान केन्द्रित गर्न र मेरो उपस्थितिलाई बढी महसुस गर्न मद्दत गर्नेछ । म सधैँ तिम्रै छेउमा हिँडिरहेको छु, तर यदि तिमीले गलत दिशामा हेर्छौ भने, तिमीले मेरो उपस्थिति कसरी महसुस गर्नेछौ ? तिमी जहाँ गए पनि, पुट्टपर्तीमा जसरी तिम्रो मनले व्यवहार गर्छ, त्यसरी नै व्यवहार गरिरहन आफ्नो मनलाई तालिम देऊ; तब तिमीले मेरो उपस्थिति सधैँ महसुस गर्नेछौ । यो अभ्याससँगै आउँछ।
३ अप्रिल, २०१६ – साई ग्रेस, पोटन हल, सफक – बेलायत
प्रश्न : भौतिक रूपमा प्रेम साई भएर आउनुभन्दा पहिले, यो सूक्ष्म रूपमा बाबा कति लामो समयसम्म बस्नुहुनेछ ?
स्वामी : (ठट्टा गर्दै) यदि मैले भनेँ भने, अरूहरूलाई भन्दै नहिँड । यसलाई आफैमा सीमित राख !
भक्त : सबै जना जान्न चाहन्छन् ।
स्वामी : १९ वर्षको उमेरमा प्रेम साई अवतारले मिसनलाई अगाडि नबढाएसम्म, म यसरी नै जारी रहनेछु। उहाँ अहिले कति वर्षको हुनुहुन्छ ? उहाँ केवल साढे सात वर्षका मात्र हुनुहुन्छ । त्यहाँ केही समय छ । प्रेम साई आएर मिसनको जिम्मेवारी नलिएसम्म, वर्तमान रूप थप दसदेखि बाह्र वर्षसम्म चल्नेछ।
आज, म शिरडीमा पनि छु, शिरडी साईको रूपमा, र म सत्य साईको रूपमा पनि छु । भविष्यमा, म त्यहाँ प्रेम साईको रूपमा हुनेछु । यसको अर्थ यो होइन कि शिरडी साई र सत्य साई अब छैनन् किनकि प्रेम साई आउनुभएको छ । म ती भक्तहरूका लागि त्यही रूपमा जारी रहनेछु, जसले मलाई त्यस रूपमा पुज्छन् । मिसनको लागि, हो, जब प्रेम साई १९ वर्षका हुनेछन्, उहाँले सबै कुराको जिम्मा लिनुहुनेछ । उहाँ मौरिसस पनि आउनुहुनेछ । त्यतिन्जेलसम्म, तिमीहरूसँग मौरिससमा एक विशाल मन्दिर हुनेछ – एक प्रेम साई मन्दिर । सबै भक्तहरू मन्दिरमा आउनेछन् र उहाँ पनि त्यहाँ आउनुहुनेछ । उहाँको मुख्य काम भारत मात्र नभई, विश्वभर यात्रा गर्ने हुनेछ, किनकि उहाँ सम्पूर्ण विश्वको हुनुहुन्छ र उहाँले सम्पूर्ण विश्वका मानिसहरूलाई भेट्नुहुनेछ । त्यतिबेलासम्म, संसारमा पनि धेरै परिवर्तन भइसकेको हुनेछ । मानिसहरू भौतिकवादबाट दिक्क हुनेछन्, किनकि तिनीहरूले बाहिरका सबै चिजहरूमा खुसी खोज्ने प्रयास गर्नेछन्, तर पाउनेछैनन् । त्यो विन्दुमा, तिनीहरू सबैले भित्र हेर्न थाल्नेछन् । यसरी, उहाँ उच्चतम सत्य सिकाउँदै संसारका सबै भागहरूमा जाने एक आध्यात्मिक गुरु हुनुहुनेछ । यो पनि हुनेछ । तबसम्म, यो क्रम यसरी नै चलिरहनेछ ।
१२ डिसेम्बर, २०१८ – मौरिसस
प्रश्न : स्वामी, तपाईंले ८६ वर्षको उमेरमा आफ्नो शरीर त्याग्नुभयो । तपाईंले भन्नुभयो कि पुरानो गाडी जीर्ण भएको कारणले तपाईंले त्यसलाई छाड्नुभयो । तपाईं सर्वज्ञ हुनुभएकोले, म विश्वास गर्न सक्दिनँ कि तपाईंलाई पहिले यो थाहा थिएन । जबसम्म तपाईं शरीरमा हुनुहुन्थ्यो, तपाईंले पहिले कहिल्यै पनि त्यो भन्नुभएन । कृपया सल्लाह दिनुहुन्छ ?
स्वामी : जब म पुट्टपर्तीमा यस सत्य साईको रूपमा जन्मिएँ, १४ वर्षसम्म मैले म को हुँ भनेर कसैलाई भनिनँ । सबैले मलाई ‘राजु’ भन्थे; कसैले पनि मलाई ‘साई बाबा’ भनेनन् । तबसम्म, जब एक दिन, मैले संसारलाई थाहा दिने निर्णय गरेँ कि म शिरडी साईबाबाको पुनर्जन्म थिएँ । मेरा सबै जिज्ञासु साथीहरूले मलाई सोधे, “तपाईंले हामीलाई अहिलेसम्म किन बताउनुभएन कि तपाईं शिरडी साईबाबा हुनुहुन्छ भनेर, जबकि हामी तपाईंको यति नजिक थियौँ ? आज मात्र किन तपाईंले यो भनिरहनुभएको छ ?” मैले उनीहरूलाई भनेँ, “अहिले समय ठीक छ त्यसैले मैले तिमीहरूलाई अहिले भनेको छु।”
अर्को अवसरमा, सन् १९६३ मा, मैले भनेँ कि म केवल शिरडी साई बाबा होइन, सत्य साई बाबा मात्र होइन, तर प्रेम साई बाबा पनि हुँ । सन् १९२६ देखि १९४० सम्म, मानिसहरूलाई थाहा थिएन कि म शिरडी साई बाबा थिएँ । सन् १९४० देखि १९६३ सम्म, कसैलाई थाहा थिएन कि म प्रेम साई बाबा पनि बन्न गइरहेको थिएँ । त्यसकारण, जब समय सही थियो, मैले जे चाहिएको थियो त्यो खुलासा गरेँ।
त्यसैगरी, यो मेरो मिसनको अर्को भाग तिमीहरूलाई भन्नको लागि यो सही समय हो, त्यसैले म तिमीहरूलाई अहिले भन्दैछु।
के तिमी चलचित्रहरू हेर्छौ ? यदि सुरुमै रहस्य तिमीले बाहिर ल्यायौ भने, अन्त्यसम्म त्यसलाई कसैले हेर्नेछैन । (हाँसो र ताली)
यो ईश्वरीय अवतारको सबैभन्दा शक्तिशाली, सबैभन्दा पवित्र, र सबैभन्दा रोमाञ्चक समय हो । अन्तिमसम्म चलचित्र हेरेर बस्ने धैर्यता हुनेहरूले मात्र थाहा पाउनेछन् कि अन्तिम चरमोत्कर्ष के हो । अन्तरालअघि त्यहाँ चलचित्र हुन्छ, र अन्तरालपछि पनि । यद्यपि, अन्तरालपछिको भाग जहिले पनि पहिलेको भागभन्दा बढी नाटकीय हुन्छ । जसले अन्तराललाई अन्त्य ठानेर छोड्छन्, उनीहरूले बाँकी हेर्न सक्दैनन् । उनीहरूका लागि, चलचित्र त्यहीँ टुङ्गिन्छ र उनीहरू आधा कथा, आधा सत्य लिएर फर्किन्छन् । धैर्यपूर्वक पर्खनेहरूले सत्य थाहा पाउनेछन् ।
परमात्माका तरिकाहरूलाई कसैले बुझ्न सक्दैन । अवतारहरू छुट्टै हुन्छन्; तिनीहरू रहस्यवादीहरू, ऋषिहरू र सन्तहरूका लागि पनि एक रहस्य हुन्छन् । तीनै जगतमा, तिनीहरू अद्वितीय छन् । अवतारका तरिकाहरू एक रहस्य हुन् । यो बुझ्न गाह्रो छ, तर अनुभव गर्न सजिलो छ । जोसँग धैर्यता र विश्वास छ, उनीहरूको लागि, चलचित्र जारी रहन्छ र तिमीहरूले वास्तविक अन्त्य देख्नेछौ । अरूहरूको लागि, कथा आधा हुनेछ र अब के हुनेछ भन्नेबारे तिनीहरू केवल वादविवाद गरिरहनेछन्, प्रश्न गरिरहनेछन्, र बहस गरिरहनेछन्, तर तिनीहरूले सत्य कहिल्यै पनि थाहा पाउनेछैनन्।
६ अप्रिल, २०१६ – म्युनिख, जर्मनी
प्रश्न : स्वामी, हालै म आत्मनिर्भरताको सिद्धान्तप्रति सचेत भएको छु । जब हामी हाम्रो चरित्र र आत्मनिर्भरताको विकास गर्न चाहन्छौँ, त्यसमा परमेश्वरप्रतिको समर्पणले कसरी भूमिका खेल्छ ? म अलमलमा छु । हामीलाई सबै कुरामा मद्दत गर्नको लागि हामी जति धेरै स्वामीमा निर्भर हुन चाहन्छौँ, के यसले हामीलाई चरित्रमा बलियो बन्न र आत्मनिर्भरता विकास गर्न सक्षम बनाउँछ ?
स्वामी : तिमीले ‘आत्म’ शब्दको अर्थ बुझ्नुपर्छ, जुन तिमीले प्रयोग गरेका छौ । एउटा चरा एउटा रुखको हाँगामा बस्छ र हावाको कारणले, हाँगा हल्लिरहन्छ, तर चरा हाँगाबारे चिन्तित हुँदैन । यदि एउटा मान्छे हाँगामा बसिरहेको छ भने, ऊ अत्यन्त चिन्तित हुनेछ किनभने उसलाई थाहा छ कि, यदि हाँगा भाँचिएर खस्यो भने, मान्छे पनि खस्नेछ, तर चरा हाँगामा बसिरहँदा शान्त छ किनभने यो हाँगामा भर पर्दैन, बरु आफ्नो पखेटाहरूको बलमा भर पर्दछ । त्यहाँ खतरा भएमा यो उडेर जान सक्छ । यो आफैँमा निर्भर छ, यो हल्लिरहने हाँगामा निर्भर हुँदैन र त्यसैले, यो डराउँदैन, यो चिन्तित छैन । वास्तविक आत्म तिमी भित्रको दिव्यता हो । यो दिव्य शक्ति हो जसले तिम्रो मुटुलाई धड्कन लगाउँछ, जसले तिमीलाई हरेक पल सास फेर्न लगाउँछ, जसले तिम्रा आँखाहरूलाई हेर्न लगाउँछ, तिम्रा कानहरूलाई सुन्न लगाउँछ, र खाना पचाउँदछ। सबै कुरा यही दिव्य शक्तिद्वारा हुन्छ । यदि तिमी यस ईश्वरीय शक्तिमा निर्भर हुन्छौ भने, पूर्ण रूपमा राम्ररी बुझ कि चिजहरू तिम्रो हातमा छैनन्; यो सबै भगवान् हुनुहुन्छ जसले तिमीमार्फत सबै कुरा गरिरहनुभएको छ । त्यो वास्तवमै आत्मनिर्भरता हो । तिम्रो आफ्नो वास्तविक आत्म, जो भगवान् हुनुहुन्छ, त्यसमा निर्भर हुनु वा भर पर्नु सच्चा आत्मनिर्भरता हो । समर्पणको कुरा तब आउँछ जब तिमी सोच्छौ कि केही तिम्रो हो र तब तिमी त्यसलाई भगवान्लाई अर्पण गर्न चाहन्छौ । यदि केही पनि तिम्रो होइन भने – सर्वप्रथम यो भगवान्कै हो भने – त्यहाँ समर्पणको प्रश्न नै कहाँ हुन्छ ? समर्पणको अर्थ त्यहाँ दुई छन्, एक तिमी हौ र एक भगवान् हुन्, तर यदि सबै कुरा भगवान्को हो भने, सबै कुरा भगवान्को कारण अस्तित्वमा छ भने, त्यहाँ दिनुपर्ने केही छैन । तसर्थ, यदि तिमी साँच्चै विश्वास गर्छौ कि तिमीमार्फत सबै कुरा गर्ने भगवान् हुनुहुन्छ, र साँच्चै भगवान्मा निर्भर हुन्छौ भने, तब त्यहाँ अहङ्कारको कुनै भाव हुँदैन, त्यहाँ कुनै पनि चिजप्रति आसक्तिको भावना हुँदैन, त्यहाँ चिजहरूबीच भिन्नता वा भेदभावको कुनै भाव हुँदैन। तिमीले थाहा पाउनेछौ कि जो भगवान् तिमीमार्फत सञ्चालन गर्नुहुन्छ, अरू मानिसहरूमार्फत पनि सञ्चालन गर्नुहुने उही भगवान् हुनुहुन्छ । भगवान्का हातमा सबै कठपुतली हुन् । प्रत्येकले आफ्नो भूमिका कसरी खेल्नुपर्छ भनेर निर्णय गर्ने परमेश्वर हुनुहुन्छ । यदि तिमीसँग हाम्रो जीवनको स्वभावको यो गहिरो समझ छ र भगवान्मा निर्भर हुन्छौ, जो वास्तवमा साँचो कर्ता हुनुहुन्छ, यद्यपि अदृश्य, जसरी एक कठपुतली अदृश्य हुन्छ भने, तिमीले साँचो आत्मविश्वास विकास गर्नेछौ, जुन अहङ्कारबाट मुक्त छ।
आत्मविश्वास अहङ्कार होइन, आत्मविश्वास भनेको कुनै पनि चुनौतीलाई बिना डर सामना गर्ने शक्ति हो, भगवान् तिम्रो साथमा हुनुहुन्छ भन्ने पूर्ण रूपले राम्रोसँग जानेर । अत्याधिक आत्मविश्वासले अहङ्कार निम्त्याउँछ । अत्याधिक आत्मविश्वास भनेको के हो ? यो तब हुन्छ जब तिमी सोच्दछौ कि तिमी कर्ता हौ, र तिमीलाई केहिले पनि हानि गर्न सक्दैन र कसैले पनि तिमीलाई रोक्न सक्दैन । यस प्रकारको अवाञ्छित अहङ्कार अत्याधिक आत्मविश्वास हो, तर एउटा व्यक्ति जो पूर्णतया आत्मविश्वस्त छ, जो स्वयम्मा निर्भर हुन्छ, सधैँ विनम्र रहनेछ, सधैँ शान्तिमा रहनेछ । त्यसैले, समर्पण र आत्मनिर्भरता जस्ता दुईवटा कुराहरू हुँदैनन् । आत्मनिर्भरता आफैँमा समर्पण हो, किनभने तिमी वास्तवमै भगवान्मा निर्भर भइरहेका छौ र अरू कसैमा होइन ।
२३ सेप्टेम्बर – मुरविल्लुम्बाह, न्यू साउथ वेल्स् – अष्ट्रेलिया
प्रश्न : स्वामी, ‘सेवानिवृत्त’ को अर्थ के हो ?
स्वामी : म कहिल्यै सेवानिवृत्त हुन्न, त्यसैले मलाई यसको अर्थ थाहा छैन ! (हाँसो) जबसम्म तिमी सक्षम छौ, तिमीले काम र सेवा गरिरहनुपर्छ। किन सेवानिवृत्त हुने ? तिमी अझै आफ्नो हृदयबाट काम गर्न सक्छौ । सबैलाई प्रेम गर, सबैकोलागि प्रार्थना गर, सबैप्रति दयालु बन – त्यसरी तिमीले अझै सेवा गर्न सक्छौ । मेरो शब्दकोशमा त्यहाँ ‘सेवानिवृत्ति’ भन्ने कुनै शब्द छैन, त्यसैले म यो के हो भनेर तिमीलाई व्याख्या गर्न सक्दिनँ । केहि अल्छी मानिसहरुलाई सोध – उनीहरूले तिमीलाई बुझाउनेछन् । (हाँसो)
हंङकंगको दिव्य भ्रमण – मार्च २०१८
प्रश्न : स्वामी, के जनावरहरू मनुष्यको रूपमा र मनुष्यहरू जनावरको रूपमा कर्मको परिणाम अनुसार पुनर्जन्म लिन्छन् ?
स्वामी : पुनर्जन्म यस संसारको आधारभूत सत्य हो – तिमीले यसमा विश्वास गरे पनि वा नगरे पनि, यो हुन्छ । सृष्टिमा मानिस चैारासी लाख प्रजातिहरूबाट गुज्रन्छ, ती सबैलाई अनुभव गर्दै, एक मानव भएर जन्मन । जनावरहरू मानव भएर पुनर्जन्म लिन सक्छन् र तिनीहरूले सो आफ्नो मर्ने बेलाको भाव अनुसार गर्दछन् । यदि तिनीहरू शान्ति, प्रेम र सद्भावमा मर्छन् भने, तिनीहरू त्यही मूल्यहरू फैलाउने प्राणीहरू भएर पुनर्जन्म लिन्छन् । यदि तिनीहरू डर, सन्ताप र पीडामा मर्छन् भने, तिनीहरू त्यही समान प्रवृत्तिहरूसँगै पुनर्जन्म लिनेछन् । यो भनिन्छ कि जीवनका अन्तिम विचारहरु अर्को जन्मको क्रम निर्धारण गर्न अत्यन्त महत्त्वपूर्ण हुन्छन् । जनावरहरू अवश्य मानवको रूपमा पुनर्जन्म लिन्छन् । अहिले पृथ्वीमा त्यहाँ सम्भवतः धेरै छन् जसले यस्तो गरेका छन्, जसले गर्दा हामी यति धेरै पशुवादी व्यवहार अवलोकन गर्दैछौं !
१० – १५ अप्रिल २०१७ – बेलायतको दिव्य भ्रमण
प्रश्न : मसँग विश्वासको बारेमा एउटा प्रश्न छ । स्वामी भन्नुहुन्छ कि या त तिमीसँग विश्वास हुन्छ वा तिमीसँग विश्वास हुँदैन; त्यहाँ ५०% विश्वास हुन सक्दैन । के त्यहाँ कुनै तरिका छ कि तपाईंले मानिसहरूलाई विश्वासको विकास गर्न मद्दत गर्न सक्नुहुन्छ ?
स्वामी : म मानिसहरूमा विश्वास जगाउन के गर्न सक्छु ? विश्वास एक व्यक्तिगत कुरा हो, यो मिठाई जस्तै, वितरण गर्न सकिने कुरा होइन । विश्वास हृदयबाट पलाउँछ, दिमागबाट होइन । दिमागले विश्लेषण गर्छ, हिसाब गर्छ र आंक्छ, त्यसैले दिमागले कहिल्यै पनि केहि कुरामा भरोसा गर्न सक्दैन । दिमाग बाहिरी बाटो हो, यानि, बाहिरतिर हेर्ने, तर विश्वास भित्रतिर हेर्ने हुन्छ । तसर्थ, यो दिमाग र हृदयको कारण हो कि कसैसँग या त विश्वास हुन्छ वा विश्वास हुँदैन । जति धेरै तिमी बाहिरबाट भित्रतिर आफ्नो दृष्टि घुमाउँछौ, तिमीले त्यति नै धेरै विश्वास विकास गर्नेछौ । जति धेरै तिमी बाहिर हेर्छौ, तिमीले विश्वास गुमाउँछौ । यो आफ्नै लागि हो, विश्वासको आनन्द लिन मनलाई भित्र मोड्ने । म मात्र तिमीले हिंड्नुपर्ने बाटोतिर तिमीलाई निर्देशन दिन सक्छु, ताकि तिमीले दायाँ मोड वा बायाँ मोड लिन सक; म मात्र तिमीलाई मार्गदर्शन गर्न सक्छु। तर, त्यो बाटोमा हिंड्नु तिम्रो आफ्नै विशेषाधिकार हो, र यदि तिमी सल्लाहको पालना गर्छौ र सही बाटोमा हिंड्छौ भने, तिमीले विश्वास पैदा गर्नेछौ । विश्वास व्यक्तिगत हो र यसको विकास गर्ने र यसलाई कायम राख्ने आफैंले गर्नुपर्छ ।
१३ अक्टोबर, २०१७, कोलम्बियाको दिव्य यात्रा
प्रश्न : धन्यवाद बाबा, हामीलाई यो दिव्य प्रेम महसुस गराइदिनुभएकोमा । के तपाईं जागरूकता र चेतनाको बारेमा कुरा गर्नुहुन्छ, जब हामी भित्री अभ्यास गर्दै जान्छौं ? यो एउटा एकदम भ्रामक विषय हो ।
स्वामी : मानौं कि तिम्रो खल्तीमा तिमीसँग धेरै पैसा छ । यदि तिमी सचेत छौ कि पैसा तिम्रो खल्तीमा छ भने, तिमीलाई थाहा हुन्छ कि तिमी धनी छौ । मानौं, संयोगवश, तिमीले यो बिर्सियौ कि तिमीसँग त्यो तिम्रो खल्तीमा छ – तब तिमीले सोच्नेछौ कि तिमी गरीब छौ । त्यहाँ एक मान्छेको कथा छ जसले आफ्नो घरको पछाडि आफ्नो खजानालाई गाड्यो र उसले कहाँ गाडेको थियो भनेर बिर्सियो । यसरी ऊ गरीब भयो ।
चेतना भनेको खजाना जस्तै हो, जबकि यो तिमीसँग छ भनेर थाहा हुनु चेतना हो । तसर्थ, चेतना तिमी जो हौ त्यही हो – दिव्यता – तर, तिमी दिव्य छौ भनेर सचेत हुनु चाहिं, जागरूकता हो । चेतनासँग कुनै विकल्प हुँदैन । तिमी त्यो हौ – तिमी पहिले नै धनी छौ, तिमीसँग खजाना छ तर, दुर्भाग्यवस, यो कतै गाडिएको छ जुन तिमीले बिर्सेका छौ । तिमीले कहाँ गाडेका छौ भनेर तिमीले बिर्सेकाले, तिमी सोच्दछौ कि तिमी गरीब छौ । वास्तवमा, तिमी त्यो दिव्य चेतनाको मूर्त रूप हौ, जुन सबै कुरामा व्याप्त छ, तर किनकि तिमीले यो बिर्सिएका छौ, तिमीले यो महसुस गर्दैनौ । जुन क्षण तिमीले यो सम्झन्छौ, तिमी यो बारे सचेत हुनेछौ र त्यो बन्नेछौ ।
सत्-चित्–आनन्दले ईश्वरीय अस्तित्वका तीन गुणहरू समाहित गर्दछ। सत् यो चेतना हो – तिमी दिव्य छौ, किनकि त्यो तिम्रो प्रकृति हो। चित् भनेको जागरूकता हो कि तिमी चेतना हौ, कि तिमी दिव्य हौ । जब सत् र चित् एकसाथ आउँछन्, त्यहाँ आनन्द हुन्छ ।
पानी र चिनी लिऊ : जब तिमी दुबैलाई सँगै मिसाउँछौ, यो चास्नी हुन्छ । पानीमा हराएको चिनी, गुलियो पानी बन्छ । त्यस्तै, यो सत्य, जब यो सचेतताको साथ जोडिन्छ कि तिमी नै त्यो सत्य हौ, यो आनन्द बन्दछ – गुलियो चास्नी । तब सम्पूर्ण अस्तित्व रमाइलो बन्छ, आनन्दले भरिएको । तसर्थ, एउटा तिमी जे हौ त्यो हो, जबकि अर्को यो थाहा हुनु हो कि तिमी त्यो हौ ।
आत्मा चेतना हो – त्यो सत्य हो – तर, तिमी आत्मा हौ भनेर थाहा पाउनु, जागरूकता हो । त्यसैले भनिन्छ, “ब्रह्मविद् ब्रह्मैव भवति,” – ब्रह्मको ज्ञाता वास्तवमै ब्रह्म बन्छन् । तिमी त्यो भए पनि, तिमीलाई त्यो थाहा नभएकोले, तिमी त्यो बन्न सक्दैनौ । यो एउटा बिडम्बना हो ! आत्मा, दिव्य चेतना केवल भिन्न नामहरू हुन्, ठीक जसरी, पानी र जल सबै एकै चीजका नामहरू हुन् । चाहे तिमी यसलाई पानी भनेर पिउँछौ, यसलाई जल भनेर पिउँछौ, वा यसलाई अन्य कुनै पनि नामले पिउँछौ, अन्तमा, तिम्रो घाँटीलाई थाहा हुनेछ कि त्यो एउटै हो ।
हंङकंगको दिव्य भ्रमण | मार्च २०१८
जून २०२१ चौथो हप्ता
प्रश्न : स्वामी, तपाईंले साँचो खुशी पाउन भित्र जाने बारे उल्लेख गर्नुभयो । के तपाईं कृपया यसलाई अलि विस्तारपूर्वक बताउन सक्नुहुन्छ, ताकि सबैलाई फाइदा होस् ?
स्वामी : प्राय: धेरै जसो देशहरूमा, ग्रामीण इलाकाहरूमा, पृथ्वीबाट पानी निकाल्न इनार खन्नु पर्छ। तल गहिराईमा भएको पानीसम्म पुग्न, तिमीले के गर्नुपर्छ ? पानी आउनु अघि, तिमीले बालुवा, माटो, ढुङ्गा र पत्थरहरू खनेर हटाउनुपर्छ । यदि तिमी इनारको शुद्ध पानीले आफ्नो प्यास मेटाउन चाहन्छौ भने, तिमीले बालुवा, ढुङ्गा र माटोको पत्र पिच्छे पत्र हटाउने प्रयास गर्नुपर्छ, अन्ततः पानीमा पुग्नु अघि । भित्र जानु पनि त्यस्तै प्रक्रिया हो ।
पहिले, ‘म’ को तह हटाउनुपर्छ । सबै स्वार्थ, सबै स्वार्थ-चाहना, त्यस्ता सबै ईच्छाहरू जुन केवल आफैंसँग सम्बन्धित छन्, तिनीहरूलाई त्याग्नुपर्छ। यसलाई ‘तामसिक गुणहरू’ – पशु गुणहरू भनिन्छ । त्यसपछि तिमी झन् गहिराईमा जान्छौ, र तिमीले राजसिक गुणहरू पनि हटाउनुपर्छ । राजसिक गुणहरू के हुन् ? कर्तापन (कर्ताभाव) राजसिक हो । अरूलाई मद्दत गर्न पनि, तिमीसँग यस्तो भावना हुनुहुँदैन, ‘यो म हुँ जसले उनीहरूलाई मद्दत गरिरहेको छु’ – तब सबै कुरा व्यर्थ हुन्छ । जब तिमी दुवै तामसिक र राजसिक गुणहरूको तहहरू हटाउँछौ, तब तिमीले शुद्धता, प्रेम र दयाका सात्विक गुणहरू पाउनेछौ । जब तिमी त्यो शुद्धता र निःस्वार्थताको सोचाइमा २४/७ बस्छौ – त्यो पानी प्राप्त गर्नु बराबर हो । जन्म पछि जन्म, ढुङ्गा, बालुवा र माटोका तहहरू पानी माथि थुप्रिएका छन् । तह तह गरेर, तिमीले हटाउनुपर्छ र गहिराईमा जानुपर्छ ।
पहिले, स्वार्थ र स्वार्थी -चाहना हटाउनुपर्छ । तिमी निःस्वार्थ कार्यहरूमा संलग्न हुँदा पनि, तिमी कर्ता हुँदैनौ । कर्तापन हटाउनुपर्छ। अन्त्यमा, केवल शुद्ध र ईश्वरीय गुणहरू मात्र बाँकी रहनेछन् – त्यो तिम्रो दिव्य आत्माको सबैभन्दा नजिक हो । एक दिनमा, तिमी एउटा इनार खनेर पानीसम्म पुग्न सक्दैनौ । बिस्तारै, तह तह गर्दै, दिन प्रति दिन, तिमीले प्रयास गरिरहनुपर्छ, जबसम्म तिमीले पानी भेट्दैनौ । सम्पूर्ण विश्वमा, सबै पानी तल गएको छ र धेरै सुख्खापन माथि आएको छ । हृदय, जुन कुनै समय उर्वर, हरियो भूमि थियो, अब एक सुख्खा मरुभूमि भएको छ । तसर्थ, तिमीमाथि प्रेमको वर्षा गराउन परमेश्वरलाई प्रार्थना गर, ताकि पानी चाँडै माथि आउँदछ र तिमी छिटो यसमा पुग्नसक्छौ । दुवै आत्म-प्रयास र भगवानको अनुग्रहको साथ, तिमी यसलाई प्राप्त गर्न सक्छौ ।
हामीले यहाँ बन्द गर्नुपर्दछ किनकि धेरै ढिलो भइसक्यो । कोही फर्किन चाहन्छन् होला । जापानका सबै मानिसहरूलाई, म केवल यो भन्न चाहन्छु कि – आध्यात्मिकताका यी प्राचिन सत्यहरूमा विश्वास गर । आफ्नो दिव्यतामा विश्वास गर; तदनुसार काम गर । भित्रै आनन्द भेट्टाऊ र यसलाई अरूहरूमा पनि फैलाऊ । शिक्षकहरू आउनेछन् र जानेछन्, तर यदि विद्यार्थी कक्षामा सुतिरहन्छन् भने, तिनीहरू पास हुँदैनन् । सबैभन्दा राम्रो शिक्षकले पनि नमान्ने विद्यार्थीलाई पास गराउन सक्दैनन् । जसरी मकिनोले जापानी भाषामा अनुवाद गर्दैछ र स्वामीको सन्देश तिमीहरूकहाँ पुग्न दिइरहेको छ, मधुसूदनले अंग्रेजीमा अनुवाद गर्दैछ र स्वामीको सन्देश मकिनोकहाँ पुग्न दिइरहेको छ । यो ठीक उही प्रक्रिया हो, केही फरक छैन ।
एउटा भजन गाऊ, ‘चित्त चोरा’ ।
२० मार्च, २०१६ साँझ – जापान
जून २०२१ तेश्रो हप्ता
प्रश्न १ : तपाईंको एउटा प्रवचनमा तपाईंले भन्नुभएको थियो कि धेरै मानिसहरूले तपाईंको अनुग्रह मागे र, जब तपाईंले उनीहरूलाई निको पार्नुभयो, तपाईंले उनीहरूको भारहरू लिनुभयो । नतिजा स्वरूप, तपाईंको भौतिक शरीर पुरानो भयो र तपाईंले छिटै शरीर छोड्नुपर्यो । अब जब तपाईंसँग शरीर छैन, तपाईं यो कसरी गर्नुहुन्छ ?
स्वामी : यो बुझ कि कर्मको कानूनले संसारमा सर्वोच्च शासन गरेको हुन्छ। सबैकुरा कर्मको कानून द्वारा बाँधिएका छन् । तिमीले रोप्ने बीजहरूको प्रकारले तिमीले पाउने फलको प्रकार निर्धारण गर्दछ। जब तिमी निःस्वार्थ ढगंले कोही निको होस् भनेर प्रार्थना गर्दैछौ, त्यो एउटा कुरा हो, तर जब तिमी स्वार्थी तरिकाबाट आफ्नै लागि प्रार्थना गर्छौ, जस्तै, “मलाई यो समस्याबाट निको पार्नुहोस्,” तब त्यो फरक कुरा हो । निःस्वार्थ प्रार्थनाहरूको पूरा हुने एउटा निश्चित तरिका छ, जबकि स्वार्थी प्रार्थनाहरू फरक तरिकाले जान्छन् । जब कोही मकहाँ आउँछ र भन्छ, “स्वामी, म यो वा त्योबाट पीडित छु; कृपया मलाई निको पार्नुहोस्,” मसँग ती व्यक्तिबाट पीडा टाढा गरिदिनु बाहेक अरू कुनै बिकल्प हुँदैन, यदि त्यो उनीहरूको लागि राम्रो छ भने । त्यसको लागि, कसैले दु: ख भोग्नुपर्छ; कि त त्यो व्यक्तिले अर्को जन्ममा कष्ट भोग्नेछ वा म तिनीहरूको पक्षबाट कष्ट भोग्नेछु र सुनिश्चित गर्नेछु कि पीडा निको होस् ।
जब मसँग एउटा भौतिक शरीर थियो र मलाई स्वार्थी प्रार्थनाहरू अर्पण गरियो, म या त तिनीहरूलाई आफैंमाथि लिन्थें र दुःख भोग्थें, वा त्यसलाई अर्को जन्ममा सार्थें, भक्तले पछि यसको हेरचाह गर्नको लागि । त्यही अहिले भएको छ। यदि मसँग शरीर छैन र तिमी मलाई केहि निको पार्न प्रार्थना गर्छौ, वा तिम्रो आफ्नै कर्मबाट जन्मेको केहि कुराको मूल्य चुकाउन तिमीलाई मद्दत गर्न भन्छौ भने, तब सम्भवतः तिमीले अर्को जन्म लिनुपर्नेछ, ती कष्टहरू भोग्न, जुन सारियो वा पछिको मितिमा स्थगित गरियो ।
त्यहाँ एउटा समाधान छ : यदि तिमी निःस्वार्थ प्रार्थना गर्छौ, आफ्नै लागि होइन, तर अरूको लागि, तब भगवानले त्यसको ख्याल राख्नुहुनेछ। यदि उहाँले चाहनुहुन्छ भने उहाँले कर्मलाई नष्ट गर्न सक्नुहुन्छ, तर केवल निःस्वार्थ प्रार्थनाहरूको लागि । त्यसैले म सबैलाई एउटै प्रार्थना प्रयोग गर्न सिकाउँछु, आफ्नै लागि होइन, तर अरुहरूका लागि : समस्त लोकाः सुखिनो भवन्तु – सबै संसारका सबै प्राणीहरू खुशी होऊन् । त्यस्ता निःस्वार्थ प्रार्थनाहरूको उत्तर दिने भिन्दै तरिकाहरू हुन्छन् । सम्पूर्ण ब्रह्माण्ड यसप्रकारको प्रार्थना पूरा गर्न अगाडि आउनेछ : सबै संसारका सबै प्राणीहरू खुशी होऊन् । त्यो निःस्वार्थ प्रार्थनाको पक्कै जवाफ दिईनेछ। त्यो प्रार्थनाबाट कर्मको विनाश हुनेछ, ठीक त्यतिबेला र त्यहीं ।
यदि तिमीले आगोमा एउटा बिऊ रोप्यौ भने, बीजले यसको सामर्थ्य गुमाउनेछ । यदि तिमीले उही बिऊ लियौ र पछि यसलाई पृथ्वीमा रोप्यौ भने, यो बढ्नेछैन, किनकि यो आगोमा जलाइएको कारणले नबढ्ने (बाँझो) बनाइएको छ। त्यस्तै गरी, यदि कसैले एउटा नि:स्वार्थ प्रार्थना गर्छ भने, त्यहाँ भयानक पछ्याउने कर्म छ भने पनि, भगवानले अझै यसलाई नष्ट गर्ने निर्णय गर्न सक्नुहुन्छ – यद्यपि, स्वार्थी प्रार्थनाबाट भगवानले कर्मलाई नष्ट गर्ने निर्णय कमै लिनुहुनेछ । उहाँले दयावश यो आफैंमा लिन सक्नुहुन्छ, अन्यथा उही व्यक्तिले अर्को जन्ममा सो कष्ट भोग्नुपर्नेछ । यदि तिमी सबैको लागि निःस्वार्थ रूपमा प्रार्थना गर्छौ भने, तिमी पनि सामेल हुनेछौ । ईश्वरले त्यस्तो प्रार्थनाको उत्तर दिने मार्ग खोज्नुहुनेछ, साथै कर्मको स्रोतको विनाश सहित, जुन त्यो कष्टको कारण हो । त्यसकारण, निःस्वार्थ रूपमा प्रार्थना गर । त्यस्ता प्रार्थनाहरूको जवाफ छिटो दिइन्छ।
१० जून, २०१७ – ओटावा, क्यानडा
जून २०२१ दोश्रो हप्ता
प्रश्न : धेरै वर्ष अघि, जे कुराले मलाई तपाईं कहाँ पुर्यायो, स्वामी, त्यो संगीत थियो र भजनहरू गाउने सम्भावना । आजकल, म साई केन्द्रसँग सम्बद्ध नभएको कारण, मलाई भजनहरू गाउने अवसर प्राप्त भएको छैन ।
स्वामी : तिमी कसको लागि भजनहरू गाउँदैछौ ?
भक्त : तपाईंको लागि, स्वामी, र सम्पूर्ण विश्वको लागि …
स्वामी : होइन, होइन, तिमी आफ्नै भलाईको लागि भजनहरू गाउँदैछौ । त्यस प्रक्रियामा, अरूले पनि फाइदा पाउँछन् । जब नदी बग्छ, यो कसैको लागि बग्दैन, यो केवल बग्दछ किनभने यो समुद्रलाई भेट्न चाहन्छ । त्यस प्रक्रियामा, मानिसहरू यसबाट पानी पिएर लाभान्वित हुन्छन् । यसलाई कुनै मतलब छैन कसले पिइरहेको छ, कसले प्रशंसा गर्दैछ, कसले दोष लगाइरहेको छ; यो सँधै खुशीको स्थितिमा रहन्छ, मात्र बगिरहेर । यो बग्दछ किनभने यो सागरमा पुग्न चाहन्छ, यसको प्रिय नियति ।
सबैभन्दा पहिले, त्यो सत्य सिक : तिमी त्यो आफ्नै भलाईको लागि गर्दैछौ । तिमीले चासो लिनु पर्दछ यदि भजनहरूले तिमीलाई अझ राम्रो व्यक्ति बन्न मद्दत गरिरहेको छ कि छैन । यस प्रक्रियामा, यदि अरू दस जनाले सुन्ने माध्यमबाट भक्ति भावनाहरू विकास गर्दछन् भने, त्यसो हुन देऊ । तिम्रो आफ्नै परिवर्तन तिम्रो पहिलो प्राथमिकता हुन देऊ ।
परिमाणले वास्तवमै मलाई फरक पर्दैन । यदि तिमीले एउटा दिव्य नाम यति भक्तिका साथ जप गर्छौ कि तिम्रो आफ्नै मुटु पग्लन्छ, तिम्रो आँखाहरूबाट आनन्दका आँसुहरू बग्छन् र तिमीले पहिले कहिल्यै अनुभव नगरेको एउटा आनन्द महसुस गर्छौ भने, तब तिमीले भजनको उद्देश्य प्राप्त गरेका छौ ।
त्यसलाई प्राथमिकता बनाऊ । यदि, यो प्रक्रियामा, अरूले सुन्छन् र लाभ उठाउँछन्, र तिमी अरूहरूलाई सिकाउँछौ भने, तिमी धेरै खुसी हुन सक्छौ । यदि कसैलाई यो मन पर्दैन भने, तिमी अझै पनि खुसी हुन सक्छौ, किनकि तिमी अरू कसैको खुशीको लागि गाइरहेका छैनौ, तिमी आफ्नै खुशीको लागि गाउँदैछौ । यदि तिमीले मानिसहरू र तिनीहरूका विचारहरूलाई सुनिरह्यौ र परिवर्तन गरिरह्यौ भने, तिमी कहिले पनि केही पनि गर्न सक्नेछैनौ ।
अक्टोबर २४, २०१६ – सान फेलिपे नेरीमा बिहानको सत्संग – बार्सिलोना, स्पेन
जून २०२१ पहिलो हप्ता
प्रश्न : प्रिय स्वामी, तपाईंले श्रद्धा – दृढ संकल्पको बारेमा कुरा गर्नुभयो जुन हाम्रो साधना विकास गर्न अत्यन्त महत्त्वपूर्ण छ। प्रथमत: यो दृढ संकल्प हामी कसरी विकास गर्न सक्छौँ ?
स्वामी : यदि तिमीलाई केहि चीजको मूल्य थाहा छ भने, तिमीले त्यसलाई प्राप्त गर्न दृढ संकल्प विकास गर्नेछौ । यदि तिमीलाई यसको मूल्य थाहा छैन भने, तिमीले यसको वास्ता गर्नेछैनौ । यो गोठालो केटाको कथा जस्तै हो जसले एउटा हिरा भेट्टायो र सोच्यो कि त्यो एउटा सुन्दर ढुंगाको टुक्रा हो । उसले त्यसलाई आफ्नो बोकाको घाँटी वरिपरि झुन्ड्यायो र अत्यन्त खुशी भयो । यद्यपि, जब एउटा हिराको व्यापारीले हिरा देख्यो, उसले त्यसको लागि एउटा ठूलो मूल्य प्रस्ताव गर्यो। हिराको व्यापारीलाई हिराको मूल्य थाहा थियो, जबकि गाउँले केटाले सोच्यो कि त्यो केवल अर्को चम्किलो ढुंगा थियो ।
यदि तिमी जे प्राप्त गर्ने कोशिस गर्दैछौ त्यसको मूल्य तिमीलाई थाहा छैन भने, तिमीमा यसलाई प्राप्त गर्ने ईमान्दारिता हुनेछैन । मानौं तिमी भोकाएको छौ र घरमा केहि खानेकुरा छैन। तिम्रो श्रीमती वा आमाले त्यो दिन केहि पनि पकाएका छैनन्। के तिमी चुपचाप कुनामा यो भन्दै बस्छौ, ” मलाई भोकले तड्पिन देऊ ?” होइन ! तिमी आफ्नो छिमेकीको घरमा गएर खाना माग्नेछौ। अथवा, यदि तिम्रो खल्तीमा तिमीसँग केही पैसा छ भने, तिमी एक रेस्टुरेन्टमा गएर भोजन किन्नेछौ । यदि तिमीसँग केही पनि छैन भने, तिमी खानाको लागि भीख समेत माग्नेछौ, तर तिमी आफैंलाई भोकले मर्न दिनेछैनौ । एक पटक तिमीले के गर्नुपर्ने हो त्यसको मूल्य तिमीले थाहा पायौ भने, तिमीले ईमान्दारिता र दृढ संकल्प विकास गर्नेछौ ।
सबैजना जीवनमा खुशी चाहन्छन् र, खुशीको लागि, तिनीहरूले सबै कार्यहरू गर्छन् । तर, तिनीहरूले प्राप्त गरेको यो कुनै पनि खुशी लामो समयसम्म रहँदैन । तिनीहरू रमाइलोलाई खुशी भन्ठानिरहेका छन् । ढिलो वा चाँडो, रमाइलो हराउँछ र तिनीहरू फेरि खुशीको खोजीमा अन्य कार्यहरूमा संलग्न हुन्छन् । आध्यात्मिक मार्ग अनुसरण गर्नाले मात्र तिमीलाई स्थायी खुशी दिन सक्छ। एक पटक तिमीले बिऊ रोप्छौ र यसलाई हुर्काउँछौ, रूख बढ्छ र तिमीलाई सधैँको लागि फलहरू दिन्छ। किन यहाँ र त्यहाँबाट फलहरू माँग्ने, जब तिम्रो आफ्नै घरपछाडिको आँगनमा, तिमी एउटा बिऊ रोप्न सक्छौ, रूख बढाउन सक्छौ र सधैँभरि फल प्राप्त गर्न सक्छौ ?
आध्यात्मिक साधनाका लागि गरिएको यो प्रयासले तिमीलाई स्थायी खुशी प्रदान गर्नेछ । स्थायी खुशी प्राप्त गर्न, तिमीले पर्याप्त प्रयास गर्नुपर्छ। लक्ष्यको असीम मूल्यलाई थाहा पाएर, तिमीले खर्च गरेको प्रयासहरू केवल अल्प मात्रा हुन्।
८ अगस्ट, २०१६ – एशिया प्रशान्त युवा रिट्रीट – बाली, इन्डोनेशिया
मे २०२१ चौथो हप्ता
प्रश्न : मैले केहि बौद्ध पुस्तकहरू पढें र मसँग एउटा प्रश्न छ जुन धेरै व्यक्तिहरूले सोध्न चाहन्छन् । जब खराब व्यक्तिहरूको नराम्रो भाग्य हुन्छ, हामीले त्यसलाई स्वीकार्न सक्दछौं, तर असल मानिसहरूको नराम्रो भाग्य हुँदा के हुन्छ ? के त्यो कर्मको नियमले गर्दा हो ? उनीहरूले विगतका जीवनहरूमा जे गरेका थिए त्यसको कारणले ?
स्वामी : तिमीहरूले जे रोप्छौ त्यही काट्छौ । कहिलेकाँही, तिमीहरूले आज जे गर्छौ त्यसको तत्काल नतीजा हुन्छ, र कहिलेकाँही, नतीजाहरू देखिन समय लाग्नेछ । यदि तिमीहरूले टेबललाई हिर्कायौ भने, यसले तिमीहरूलाई फिर्ता हिर्काउनेछ । यदि तिमीहरूले आज एउटा बिऊ रोप्यौ भने, तिमीहरूलाई फलहरू दिन धेरै वर्ष लाग्नेछ। यदि तिमीहरूले अहिले खाना खान्छौ भने, यसलाई पचाउन २ घण्टा लाग्नेछ। त्यस्तै, प्रत्येक कार्यको एउटा प्रतिक्रिया समय हुन्छ। तसर्थ, तिमीहरू राम्रो हौ वा खराब, तिमीहरूले जे विगतमा गरेका छौ त्यो तिमीहरूकहाँ फर्केर आउनेछ । यो होइन कि असल मान्छेहरूको मात्र नराम्रो भाग्य हुन्छ। वास्तवमा, यदि तिमीहरू साँच्चिकै राम्रो छौ भने, तिमीहरूले रमाईलो र पीडाबीच भिन्नता गर्नेछैनौ । तिमीहरूले सबैकुराहरूलाई राम्रो मात्र देख्नेछौ । सबै तिमीहरूको भलाईको लागि हो ।
पुरानो समयमा, मानिसहरू जंगलमा शिकार गर्न जान्थे । एकपटक त्यहाँ अकबर नाम गरेका एक महान राजा थिए जो शिकार गर्न जान चाहन्थे । उनीसँग बीरबल नाम गरेका एक बुद्धिमान मन्त्री थिए । बीरबलले अकबरलाई भने, ” जे हुन्छ त्यो हाम्रो आफ्नै भलाईको लागि हुन्छ।” स्याउ काट्दा राजाले आफ्नो औंला काटे र गहिरो दुखाईमा थिए । बीरबलले उनलाई भने कि यो पनि उनको आफ्नै फाइदाको लागि थियो । राजा साह्रै रिसाए र बीरबललाई जेलमा हालिदिए ।
त्यो दिन आयो जब राजा शिकारमा जानु पर्ने थियो । उनी यस यात्राको लागि बनमा गए र यी मन्त्रीलाई जेलमै छाडे। यस्तो भयो कि राजाले आफ्नो बाटो हराए र आफ्नो सेनाबाट अलग भए । आदिवासी मान्छेहरूको एउटा समूहले राजालाई पक्डे र उनलाई आफ्नो सरदारकहाँ लगे । त्यो दिन ती आदिवासी मानिसहरूका लागि एक विशेष दिन थियो । त्यो एक चाडपर्वको दिन थियो र तिनीहरू एकजना मान्छेको बलि गरेर उसलाई आफ्नो देवतालाई अर्पण गर्न चाहन्थे । तिनीहरू खुसी थिए कि तिनीहरूले राजालाई भेट्टाए र उनलाई बाँधे, उनी आफ्ना देवतालाई अर्पण गर्न योग्य थिए कि थिएनन् भनेर जाँच्दै । तिनीहरूले उनको औंला काटिएको पाए र उनी परिपूर्ण नभएको र अर्पण गर्न नमिल्ने भएको निर्णय गरे । राजालाई मुक्त गरियो र उनी आफ्नो राज्य फर्किए । उनले तुरुन्तै बीरबललाई मुक्त गरे र उनलाई सोधे, “तिमीले मलाई भन्यौ कि मेरो औंला काटिनु मेरोलागि राम्रो थियो । साँच्चै, यो राम्रो थियो । म आदिवासीहरूबाट बचें । यो सबै समय जेलमा बसिरहनु तिम्रोलागि कसरी राम्रो थियो ?” तब ती बुद्धिमान् मन्त्रीले जवाफ दिए कि यदि उनी ठीक भएको भए, उनी राजासँग जंगलमा जान्थे । ”तिनीहरूले तपाईंको सट्टा मलाई बलि चढाउने थिए । त्यसैले यो तपाईंको लागि राम्रो थियो र मेरो लागि पनि राम्रो थियो ।” मन्त्रीले आफु किन जेलमा परेको र आफुले केहि गल्ती पो गरेछु कि भनेर विलाप गर्न सक्थे । तर, भगवानलाई थाहा थियो कि यदि उनी बाहिर भएका भए, उनले कष्ट भोग्नेथिए । तसर्थ, उहाँले उनलाई जेलमा हाल्नुभयो ।
कहिलेकाँही, हामीले जे एउटा कठिनाई अथवा नराम्रो भाग्यको रूपमा देख्छौं वा बुझ्छौं, त्यो हाम्रो लागि राम्रो कुरा हुन सक्छ । कमसेकम, अरु केहि नभए पनि, यसले हामीलाई परमेश्वरको प्रार्थना गर्न लगाउँछ । कठिन समयमा हामी कडा र अधिक इमान्दारीसाथ प्रार्थना गर्दछौं । तिमीहरू यी बच्चाहरूलाई देख्छौ – यदि यिनीहरूको परीक्षा नभएको भए यिनीहरूले अध्ययन गर्ने थिएनन् । यिनीहरू खेलिरहनेछन्, तिमीहरूले यिनीहरूलाई जतिसुकै बोलाए पनि । तर, जब परीक्षा आउँछ, तिनीहरू सबै अध्ययन गर्छन्, र यसरी तिनीहरूले ज्ञान र अंक प्राप्त गर्छन् । त्यसरी नै, नराम्रा समयहरू तिमीहरूको लागि परीक्षाहरू जस्तै हुन् । त्यति बेला हो जब तिमीहरूले आफ्नो सबै साहस र शक्ति जम्मा गर्नुपर्दछ, साहसपूर्वक आफ्ना समस्याहरूको सामना गर्नुपर्दछ, यी कठीन परीक्षाहरूमा उत्तीर्ण हुनुपर्दछ, र आफ्नो लागि राम्रो अंक र राम्रो नाम प्राप्त गर्नुपर्दछ । तसर्थ, भगवानले जे दिनुभएको छ, राम्रो वा नराम्रो, त्यसको स्वागत गर; सबैकुरा तिमीहरूको आफ्नै भलाईको लागि हो ।
३ अक्टोबर, २०१५ – मकाउको सत्संग
मे २०२१ तेश्रो हप्ता
प्रश्न : मसँग विश्वास सम्बन्धि एक प्रश्न छ । स्वामीले भन्नुहुन्छ कि या त तिमीसँग विश्वास छ या तिमीसँग विश्वास छैन; त्यहाँ ५०% विश्वास हुन सक्दैन । के त्यहाँ कुनै तरीका छ जसबाट तपाईंले मानिसहरूलाई विश्वास विकास गर्न मद्दत गर्न सक्नुहुन्छ ?
स्वामी : मानिसहरूमा विश्वास हुन्छ । मानिसहरूमा विश्वास उत्पन्न गराउन म के गर्न सक्छु ? विश्वास एक व्यक्तिगत कुरा हो, यो मिठाई जस्तो वितरण गर्न सकिने साझा कुरा होइन । विश्वास हृदयबाट उत्पन्न हुन्छ, दिमागबाट होइन । दिमागले विश्लेषण गर्दछ, हिसाब गर्दछ र आंक्दछ, त्यसैले दिमागले कहिले पनि कुनै कुरामा भरोसा गर्न सक्दैन । दिमाग बाहिरी बाटो हो, यानि, बाहिरतिर हेर्ने, तर विश्वास भित्र हेर्ने हुन्छ । तसर्थ, यो दिमाग र हृदयको कारणले हो कि, कसैसँग या त विश्वास हुन्छ या विश्वास हुँदैन । जति धेरै तिमीले आफ्नो दृष्टि बाहिरबाट भित्रतिर फर्काउँछौ, तिमीले झन् बढी विश्वास विकास गर्नेछौ । जति धेरै तिमी बाहिर हेर्छौ, तिमीले विश्वास गुमाउँछौ । विश्वासको आनन्द लिन मनलाई भित्रतिर फर्काउने आफ्नै लागि हो । तिमीले हिंड्नुपर्ने बाटोसम्म म तिमीलाई निर्देशन मात्र दिनसक्छु, ताकि तिमीले दायाँ मोड वा बायाँ मोड लिन सक्छौ; म तिमीलाई मात्र मार्गदर्शन गर्न सक्छु । यद्यपि, त्यो मार्गमा हिंड्नु तिम्रो आफ्नै अधिकार हो, र यदि तिमीले सल्लाह अनुसरण गर्छौ र सही मार्गमा हिंड्छौ भने, तिमीले विश्वास विकास गर्नेछौ । विश्वास व्यक्तिगत हो र यसलाई विकास गर्ने र यसलाई कायम राख्ने आफैंले हो ।
१२–१३ अक्टोबर, २०१७ – बोगोटा, कोलम्बियाको दिव्य भ्रमण
मे २०२१ दोश्रो हप्ता
प्रश्न : युवाहरूले स्वामीको लागि के गर्नुपर्छ ?
स्वामी : चाहे युवा हो वा बूढो, सबैले स्वामीको लागि त्यही कुरा गर्नु पर्दछ : आफैंलाई परिवर्तन गर । अरूको लागि उदाहरण बन । यदि तिमीहरूले स्वामीले सिकाइरहनुभएको कुरा गर्छौ र अरूहरूको लागि एउटा उदाहरण बन्छौ भने, यो तिमीहरूले गर्न सक्ने सबैभन्दा ठूलो सेवा हो ।
सूर्य दिनहुँ उदाउँदछ र आकाशमा उदाउँदा मात्रमा सम्पूर्ण विश्वको ख्याल राखिन्छ। रुखहरू बढ्छन्, चराहरू उड्छन्, बालीहरू बढ्छन् – सबै कुरा केवल सूर्य उदाउनाले हुन्छ। यदि, तिमीहरूभित्र, तिमीहरूको दिव्यता सूर्यजस्तो उदायो भने, यसले सबैलाई मद्दत गर्नेछ। यदि तिमीहरूले सूर्यलाई नजिकबाट अवलोकन गर्यौ भने, तिमीहरूले सिक्नेछौ कि यति धेरैलाई ज्योति र जीवन दिनको लागि यो आफैं जलिरहेको छ।
तिमीहरू एउटा चर्च जान्छौ र तिमीहरूले एउटा मैनबत्ती बाल्छौ । मैनबत्तीको अर्थ के हो ? के परमेश्वरलाई ज्योति चाहिन्छ ? यो तिमीहरू हौ जसलाई ज्योति चाहिन्छ। मैनबत्तीले केवल तिमीहरूलाई मात्र यो बताउँदछ कि यो बल्ने र अन्धकारलाई हटाउने एकमात्र तरिका पग्लिएर हो। यसको अहङ्कार पग्लन्छ ताकि प्रेमको प्रकाश फैलिन सकोस्।
त्यसकारण, चाहे जवान होस् वा बूढो, सबैभन्दा पहिले, आफैंलाई रूपान्तरण गर। अरूको लागि बलिदान गर्न तयार होऊ । युवाहरू धेरै स्वार्थी छन् । तिनीहरू पहिला आफ्नै बारेमा सोच्दछन्; तिनीहरू अरूको बारेमा पहिले सोच्दैनन् । पहिलो स्थानमा, निःस्वार्थ रूपमा दिन सिक। मलाई विश्वास गर, तिमीहरूलाई एकदम नराम्रोसँग केही कुराको आवश्यकता परे पनि, यदि त्यही बेलामा अरू कसैलाई त्यसको आवश्यकता परेको छ र तिमीहरूसँग माग्यो भने, यदि तिमीहरूसँग त्यसलाई दिने साहस र प्रेम छ भने, स्वामीले तिमीहरूको ख्याल राख्नुहुनेछ। स्वामीले तिमीहरूको सबै आवश्यकताहरूको ख्याल राख्नुहुनेछ ।
युवाहरूले दिन र क्षमा गर्न सिक्नुपर्छ। क्षमा एक महान् गुण हो । धेरै युवाहरूका धेरै गलतफहमीहरू छन्। यो तिनीहरूको उमेरमा स्वाभाविक हो, तर मानिसहरूलाई क्षमा गर्न सक्षम हुनु, र अझ महत्त्वपूर्ण, आफैंलाई माफ गरेर आफ्नो जीवनमा अगाडि बढ्नु, धेरै महत्त्वपूर्ण छ । गल्तीहरू हुन्छन् । तर, यदि तिमीहरू विगतका गल्तीहरूमै बाँचिरह्यौ भने, तिमीहरू कहिल्यै अगाडि बढ्न सक्नेछैनौ । यदि तिमीहरूले यसलाई दोहोर्याएनौ भने, त्यो गल्ती होइन । आफैंलाई दोष नदेऊ र आफूलाई न्यून र कमजोर नसोच । याद राख, तिमीहरू स्वयं भगवान् हौ, यसै रूपमा । तिमीहरूसँग सबै शक्ति, सबै बल र सबै शुद्धता छ। त्यो साहस र दृढ विश्वासको साथ बाँच, केवल जसले तिमीहरूलाई दिने र माफ गर्ने हृदय दिनेछ। यसले तिमीहरूलाई निडर बनाउनेछ, किनकि तिमीहरूलाई थाहा छ कि भगवानले तिमीहरूलाई सधैँ बचाउनुहुनेछ। तिमीहरूलाई जे चाहिन्छ, तिमीहरूलाई जहाँ चाहिन्छ, तिमीहरूलाई जब चाहिन्छ, भगवानले तिमीहरूलाई उपलब्ध गराउनुहुनेछ। तिमीहरू अरूका लागि बाँच, र म तिम्रो ख्याल राख्नेछु । अरूले पछ्याउनको लागि यो उदाहरण स्थापना गर ।
जग्रिब, क्रोएसिया – २२ अप्रिल, २०१५ – बेलुकाको सत्र
मे २०२१ पहिलो हप्ता
प्रश्न : मानौं कसैले केहि नराम्रो गर्छ र उनीहरूले पापका अंकहरू पाउँछन् । त्यसपछि हामी यसलाई असल कामहरू गरेर छोप्छौँ । के तिनीहरूले एक अर्कालाई रद्द गर्छन् ?
स्वामी : सो व्यक्तिले दुवै अनुभव गर्नुपर्नेछ। रद्द हुँदैन ! यदि तिमीहरूले केही खराब गरेका छौ भने, तिमीहरूले परिणाम स्वरूप केही दु:ख भोग्नुपर्नेछ – र यदि तिमीहरूले राम्रो कामहरू गरेका छौ भने, तब तिमीहरूले त्यसको कारण केही आनन्द अनुभव गर्नेछौ । तिमीहरूले दुवै अनुभव गर्नुपर्नेछ र त्यही सत्य हो।
दशरथले श्रवण कुमारलाई दुर्घटनामा झुक्किएर मारेका थिए र पनि श्रापित भए, यद्यपि उनले कति धेरै राम्रा कामहरू गरेका थिए । एक महान् राजाको रूपमा, उनले न्यायका साथ शासन गरे र अरुहरूको निम्ति धेरै राम्रो गरे। उनले गरेका राम्रा कामहरूले नै उनलाई भगवान रामका पिता बनायो । तैपनि, उनले गरेको एउटा नराम्रो कार्य हेर । त्यो नराम्रो कामले उनलाई आफ्नो दु:खद भाग्यको अनुभव गर्न पुर्यायो । उनले राम्रो पनि अनुभव गरे, किनकि उनी रामका बुबा हुन सके र उहाँलाई हुर्केको देखे, आफ्नै छोराको रूपमा रामको सन्निधि आनन्दित भएर अनुभव गर्दै । तर, अन्तमा उनले त्यो निकटता गुमाउनु पर्यो उनको त्यो एउटा खराब कामको कारण ।
त्यस अर्थमा, राम्रो कार्यले इनामको रूपमा राम्रो दिनेछ, तर नराम्रो कार्यले पनि खराब परिणाम दिनेछ । तिनीहरूले एक-अर्कालाई रद्द गर्नेछन् र तिमीहरूले अझै राम्रो गरेर धेरै खराब कार्यहरूलाई ढाक्न सक्छौ भनेर नसोच । यो त्यसरी काम गर्दैन । प्रत्येकको आ-आफ्नै मार्ग र पुरस्कारहरू हुन्छन् ।
शंकराचार्य के भन्नुहुन्छ ? “भज गोविन्दम, भज गोविन्दम,” – सधैं भगवानलाई सम्झिने गर । पहिलो कुरा यो हो कि तिमीहरू सत्संगमा लाग्नुपर्छ; त्यो धेरै, धेरै महत्त्वपूर्ण छ। त्यसपछि मात्र तिमीहरूका विचारहरू राम्रा हुनेछन् ।
त्यज दुर्जन सम्सर्गम् भज साधु समागम् ।
कुरु पुण्यम् अहो रात्रम् स्मर नित्यम् अनित्यताम् ।।
(खराब संगतबाट पर भाग; सधैं राम्रो संगत खोज र राम्रो संगतमा रहु;
दिन रात राम्रो र महान कामहरू गर;
सधैं स्थायी र अस्थायी बीच भेदभाव गर।)
खराब छोड्नु भनेको तिनीहरूलाई त्याग गर्नु हो जो सही सोचिरहेका छैनन् वा जसको नकारात्मक सोच छ । त्यही समयमा, राम्रो काम गर्नेहरूको संगतमा रहु, जसले राम्रो सोच्दछन् र राम्रो बोल्छन् । दिन रात राम्रो काम मात्र गरिरहु, र सँधै आफुलाई वास्तविक के हो र मिथ्या के हो सम्झाऊ, के अनुसरण गर्न लायकको छ र के त्याग्न योग्य छ सम्झाऊ । निरन्तर यो विवेक लागू गर ।
सिंगापुर, २७ अगस्ट, २०१९ – साँझको सत्संग
अप्रिल २०२१ चौथो हप्ता
प्रश्न : यस्तो प्रतित हुन्छ कि विश्वमा यति धेरै मानिसहरू छन् जो तपाईंले वर्णन गरिरहनु भएको कुराहरू गरिरहेका छन् : उनीहरूले मानिसहरूलाई शिक्षित तुल्याईरहेका छन्, परोपकारी संस्थाहरू चलाइरहेका छन् र धेरै क्षेत्रहरूमा मानिसहरूमा राम्रो प्रभाव पार्दैछन् । उनीहरूले जे गरिरहेका छन् र तपाईंको मिशन बीच के भिन्नता छ?
स्वामी : हो, त्यहाँ अवश्य मानिसहरू छन् जो राम्रा कामहरू गरिरहेका छन् । तर, मैले भने जस्तो, परमेश्वरलाई अर्पण गर्ने भावनाले राम्रो गर्नु पर्दछ। धेरै मानिसहरूले राम्रो काम गर्छन्, तर यदि उनीहरूको राम्रोपनमा भक्ति छैन भने, त्यहाँ समस्याहरू हुन्छन् । नम्रता बिना, राम्रोपन हानिकारक बन्न सक्छ । अहंकारको विस्तार हुनेछ। राम्रो काम गरेर आउने अहंकार नराम्रो गरेर आउने अहंकारभन्दा धेरै ज्यादा टासिने र जटिल हुन्छ । ‘म तिनीहरूभन्दा राम्रो व्यक्ति हुँ । तिमीले देख्यौ, म त्याग गरिरहेको छु । म सेवा गर्दैछु ।’ म, म, म, म – अनि यो झन् खराब हुन्छ।
भक्त : तर जब तपाईंले केहि सकरात्मक गर्नुहुन्छ, तपाईं अझै पनि खुशी हुन सक्नुहुन्छ ।
स्वामी : हो, तर केवल यदि तिमीले सकारात्मक कार्य नम्रताका साथ गरेका छौ भने मात्र । यदि तिमीले अहंकारका साथ गरेका छौ भने, तिमी खुशी हुनेछैनौ । तिम्रो तापक्रम बढ्नेछ; तिमीले अचानक गर्वले फुलेको महसुस गर्नेछौ । यदि तिमीले नम्रताका साथ गर्यौ र याद गर्यौ कि परमेश्वरले तिमीलाई अवसर प्रदान गर्नुभएको छ भने, बल्ल तिमी खुसी हुनेछौ । यदि तिमीले जे गरिरहेका छौ त्यसमा कुनै नम्रता छैन भने, तब त्यो गराईको एउटा व्यक्तिगत रमाइलो जस्तो हो, खुशी होइन। तिमी यो भावनाबाट रमाइलो पाउँछौ कि, ‘मैले केहि गरेको छु ।’ त्यो वास्तविकतामा राम्रो गर्नु होइन । त्यसले तिमीलाई झन् बाँध्न सक्छ। नम्रताका साथ राम्रो गर्नु र परमेश्वरलाई सम्झनु सबैभन्दा महत्त्वपूर्ण छ।
१२–१५ जून, २०१९ – ओटावा, क्यानडाको दिव्य भ्रमण
अप्रिल २०२१ तेस्रो हप्ता
प्रश्न : हामी कसरी अपांग बच्चाहरू र युवाहरूलाई उनीहरूको आध्यात्मिकताको अझ विकास गर्न मद्दत गर्न सक्छौं ?
स्वामी : तिनीहरूलाई शुद्ध रूपले प्रेम गर । तिनीहरूलाई शुद्धताका साथ प्रेम गर, अपेक्षाको साथ होइन । त्यसले तिनीहरूलाई आध्यात्मिकता विकास गर्न सिकाउनेछ, किनकि आध्यात्मिकता प्रेमभन्दा फरक छैन । यदि तिमी तिनीहरूलाई तिम्रा आफ्नै विचारहरू र आसक्तिहरूको बोझ नबोकाई बिना अपेक्षा प्रेम गर्छौ, तिनीहरूको आफ्नै खातिर तिनीहरूलाई प्रेम गर्छौ, तिनीहरूले आफैं यस्तो आध्यात्मिक प्रेम विकास गर्नेछन्, तिमीले तिनीहरूलाई केहि पनि भन्नै नपरी ।
अक्टोबर १५ – १७, २०१७ – मेक्सिकोको दिव्य भ्रमण
अप्रिल २०२१ दोश्रो हप्ता
प्रश्न : किन यस्तो प्रतित हुन्छ कि कहिलेकाँहि, स्वामीले एउटा कुरा भन्नुहुन्छ, यद्यपि, अरु बेला उहाँले अर्कै कुरा भन्नुभएको जस्तो प्रतित हुन्छ ? के यसको मतलब यो हो कि स्वामीले आफ्ना शब्दहरू परिवर्तन गर्न सक्नुहुन्छ ?
स्वामी: भगवान सदा पारदर्शी र सधैँ समान हुनुहुन्छ। भगवान कहिल्यै परिवर्तन हुनुहुँदैन। तिमीहरूले भगवानलाई कसरी देख्छौ त्यो पूर्ण रूपले तिमीहरूको आफ्नै प्रतिबिम्ब हो । तिमीहरूले उहाँलाई जे बनाउँछौ, उहाँ त्यही बन्नुहुन्छ । यदि आज उहाँले कुनै कुराको बारेमा एउटा निश्चित तरिकामा बोल्नुहुन्छ भने, त्यो किनकि तिमीहरूले त्यसरी नै आफु र आफु वरिपरिको सबै चीजबारे सोचिरहेका छौ र हेरिरहेका छौ । जबकि यदि भोलि उहाँले अर्कै कुराबारे भिन्दै तरिकाले बोल्नुहुन्छ भने, यो तिमीहरूको गहिरो भित्री भावनाहरूको प्रतिबिम्ब हो । तिमीहरूले देखेको परिवर्तन ईश्वरमा भएको तिमीहरूको आफ्नै प्रतिबिम्ब हो, वास्तवमा ईश्वरले कुराहरू बद्लिनु भएको होइन ।
जसरी हरेक गुरुले आफ्ना अनुयायीहरूलाई विभिन्न समयमा गर्नेछन्, म तिमीहरूमा कति विकास भएको छ भनेर जाँच गर्दछु – जसरी कुमालेले भाँडा बनाउँदछ, यसलाई पकाउँदछ, सुकाउँछ, त्यसपछि यसलाई दुई पटक हिर्काउँछ, यो फुट्छ कि पानी धान्न पर्याप्त बलियो छ भनेर हेर्न । यहाँ र त्यहाँ केहि धक्का हुनु तिमी कत्तिको बलियो भएको छौ भनेर जाँच्ने प्रक्रियाकै भाग हो । त्यहाँ चिराहरू परेका हुनसक्छन्, त्यसैले कुमालेले भाँडो पुनःनिर्माण गर्न धैर्यतापूर्वक प्रतिक्षा गर ।
धेरैजसो मानिसहरू स्वामी कहाँ सँधै प्रश्नहरू, शंकाहरू र अपेक्षाहरू गर्ने मन लिएर आउँछन्, रित्तो भएर आउनुको सट्टा । यदि तिमीहरू पहिले नै केहि लिएर आउँछौ भने, तब म बढी केहि भित्र हाल्न सक्दिनँ, किनकि त्यो भरिएर पोखिनेछ । केवल यदि तिमीहरू खाली आउँछौ भने, म केहि भित्र हाल्न सक्दछु। तर, धेरै, धेरै जुनीहरूदेखिका पूर्व कर्मको कारण, म ती मानिसहरूलाई अवसरहरू दिन्छु, जसले कुनै समयमा यसको लागि तृष्णा गरेका थिए । म तिनीहरूलाई नजिक बोलाउँछु, तिनीहरूलाई आफैंतिर तान्छु र तिनीहरूलाई एउटा अवसर प्रदान गर्ने प्रयास गर्छु । यो दिनमा, यस समयमा, यो जन्ममा, यो अवसरमा लागिरहनु तिमीहरू आफैंमा निर्भर छ। सही प्रकारको प्रयास गर; अन्यथा, तिमीहरूले अवसर गुमाउनेछौ – यसमा कुनै शंका छैन।
म कहाँ मेरो लागि आऊ । तब, त्यहाँ कुनै पनि किसिमको अलमल हुनेछैन । यदि तिमीहरूसँग पहिले नै मनमा केहि चलिरहेको छ भने, तिमीहरूले पक्कै ममा यसको प्रतिबिम्ब पाउनेछौ ।
मैले यो तिमीहरूभन्दा बढी अनुभव गरेको छु। तिमीहरूले एउटा भगवानसँग यो अनुभव गरेका छौ, तर मैले यो हजारौं भक्तहरूसित अनुभव गरेको छु ! (हाँसो) खाली भएर भगवान कहाँ आऊ र तिमीलाई कुनै दुविधा हुनेछैन। यदि तिमी आफ्नै विचारहरू लिएर आउँछौ भने, यसले दुविधा सृजना गर्छ । तसर्थ, तिमी खाली हात भगवान कहाँ जानुपर्छ।
यसको बारे आफैं विचार गर : जुन बेला तिमी पूर्ण रूपमा खाली थियौ, जब तिमीसँग आफ्नो केही थिएन र तिमी स्वामी कहाँ आयौ, सबैकुरा ठीक थियो । जब तिम्रा अपेक्षाहरू थिए कि चीजहरू निश्चित तरिकामा हुनुपर्दछ, वा ती चीजहरू निश्चित तरिकाले हुनुहुँदैन, स्वामीलाई यो कस्तो हुनुपर्दछ भनेर सोधे पनि, विचारहरू, धारणाहरू वा अपेक्षाहरू भएकाले तिमीलाई दुविधा पनि भयो । जे होस्, स्वामीले तिमीहरूलाई सम्झाउन प्रयास गर्नुहुन्छ, ‘त्यो बाटो होइन।’ तसर्थ, खाली आऊ – बाबाकहाँ आउने त्यो सबैभन्दा उत्तम तरिका हो।
फेब्रुअरी २०१८ – सिंगापुर र लाओसको दिव्य भ्रमण
अप्रिल २०२१ पहिलो हप्ता
प्रश्न : भौतिक रुपमा प्रेम साई भएर आउनु भन्दा अगाडि बाबा कहिलेसम्म यस सूक्ष्म रूपमा रहनुहुनेछ ?
स्वामी : (ठट्टा गर्दै) यदि मैले भने भनेँ, अरुलाई भन्दै नहिंड । यसलाई आफैंसँग सिमित राख !
भक्त : सबैजना जान्न चाहन्छन्।
स्वामी : १९ वर्षको उमेरमा प्रेम साई अवतारले यस अभियानलाई अगाडि नबढाउन्जेल म यसरी जारि रहनेछु । उहाँ अहिले कति वर्षको हुनुहुन्छ ? उहाँ केवल साढे सात वर्षको हुनुहुन्छ। त्यहाँ केहि समय छ। वर्तमान रूप थप १० देखि १२ वर्षसम्म चल्नेछ, जबसम्म प्रेम साई आउँनुहुँदैन र अभियानको कार्यभार लिनुहुँदैन ।
आज, म शिरडीमा पनि छु, शिरडी साईको रूपमा, र म त्यहाँ सत्य साईको रूपमा पनि छु। भविष्यमा, म त्यहाँ प्रेम साईको रूपमा हुनेछु। यसको मतलब यो होइन कि शिरडी साई र सत्य साई अब छैनन् किनकि प्रेम साई आउनुभएको छ । म त्यो रूपमा ती भक्तहरूको लागि निरन्तरता दिनेछु जसले मलाई त्यो रूपमा पुज्छन् ।
यस अभियानको लागि, हो, जब प्रेम साई १९ वर्षको हुनुहुन्छ, उहाँले सबै कुराको जिम्मा लिनुहुनेछ । उहाँ मौरिसस पनि आउनुहुनेछ। त्यतिन्जेलसम्म, तिमीहरूसँग मौरिससमा एउटा विशाल मन्दिर हुनेछ – एक प्रेम साई मन्दिर। सबै भक्तहरू मन्दिरमा आउँनेछन् र उहाँ पनि त्यहाँ आउनुहुनेछ। उहाँको मुख्य काम विश्वभरि यात्रा गर्ने हुनेछ, केवल भारत मात्र होइन, किनकि उहाँ सम्पूर्ण विश्वको हुनुहुन्छ र संसारका सबै मानिसहरूलाई भेट्नुहुनेछ । त्यतिन्जेल, संसारमा पनि धेरै परिवर्तन भइसकेको हुनेछ। मानिसहरू भौतिकवादबाट निरास भैसकेका हुनेछन्, किनकि तिनीहरूले बाहिरका सबै चीजहरूमा खुशी पाउन खोज्नेछन्, तर फेला पार्ने छैनन् । त्यस बेला, तिनीहरू सबै भित्र हेर्न थाल्नेछन् । तसर्थ, उहाँ संसारका सबै भागहरूमा उच्चतम् सत्य सिकाउँदै जानुहुने एक आध्यात्मिक गुरु हुनुहुनेछ । यस्तो हुनेछ। त्यतिन्जेलसम्म, यो यस्तै जारी रहनेछ।
डिसेम्बर ११-१४, २०१८ – दिव्य सत्संग मौरिसस
मे २०२३ पहिलो हप्ता
प्रश्न १ : के मुक्ति (स्वतन्त्रता) को आकाङ्क्षाले सेवा गर्नु नि:स्वार्थी सेवा वा स्वार्थी सेवा हो ?
स्वामी : मुक्तिको चाहना नि:स्वार्थी कि स्वार्थी ? मुक्ति भनेको बुझ्नुपर्छ। मुक्ति भनेको जङ्गलमा भाग्नु, गुफामा लुकेर बस्नु, नखानु, नसुत्नु र आत्माको अनुभूति गर्ने प्रयास गर्नु होइन– त्यो मुक्ति होइन । यहाँ र अहिले, यदि तिमी अलग छौ, यदि तिमी नि:स्वार्थ भयौ भने – त्यो मोक्ष हो; तिमी स्वतन्त्र र मुक्त हुन्छौ ।
मोक्ष स्वतन्त्रा हो । केबाट स्वतन्त्रता ? तिम्रा आकाङ्क्षाहरू, क्षुद्रताहरू र तिम्रा आफ्ना स्वार्थीपनाबाट स्वतन्त्रता ।
तिमी मुक्त भएको क्षण त्यो हो तिम्रो आफ्नै स्वार्थीपनाबाट स्वतन्त्रता, तिमी सबैको लागि तत्कालै निकै उपयोगी हुनेछौ । जुनबेला तिमी निःस्वार्थ बन्छौ; तिमीले सबै कुरामा एकता देख्नेछौ। तिमी तुरुन्तै समाजको सबैभन्दा उपयोगी व्यक्ति बन्नेछौ। त्यसैले, मुक्ति एक नि:स्वार्थ इच्छा हो। किन ? किनकि मुक्ति प्राप्त गर्ने बेला तिमी नि:स्वार्थी बन्नेछौ र, जब तिमी नि:स्वार्थी हुन्छौ, तिमी आफ्नो वरपरका सबैका लागि निकै उपयोगी बन्नेछौ । म भन्छु तिमीले गर्न सक्ने उत्तम सेवा भनेको नि:स्वार्थताको उदाहरण बन्नु हो, जुन स्वार्थबाट मुक्त नभएसम्म सम्भव छैन। मोक्ष वा मुक्ति भनेको स्वार्थबाट निःस्वार्थतातर्फ सर्नुबाहेक केही होइन।
त्यसपछि तिमीले सम्पूर्ण सृष्टिको एकताको अनुभव गर्छौ, र तिम्रो हृदयले सबै जना र सबै चिजहरूको लागि प्रेम र करुणा महसुस गर्दछ। त्यसपछि तिमीले आफ्ने क्षमताले सबै मानिसहरूलाई मद्दत गर्नेछौ। त्यसैले यो नि:स्वार्थ इच्छा हो।
२४ जुन, २०१८। लस गातोस, क्यालिफोर्नियामा भएको सत्सङ्ग
मे २०२३ दोस्रो हप्ता
प्रश्न २ : तपाईंले धेरै पटक भन्नुभएको छ कि परिवार, सेवा र काम सबै स्वामीको काम हो। हजुरको काम कहिले गर्ने भनेर हामीले कसरी थाहा पाउने ? म एक नयाँ बुबा हुँ जसले कहिलेकाहीँ जीवनमा सबै कुरा मिलाउन सङ्घर्ष गर्छ।
स्वामी : घरमा होस, सत्सङ्गमा होस् या अफिसमा होस्, तिमीले जे गर्छौ तिमीले भगवान्लाई तिम्रा सबै काम अर्पण गर्नेबित्तिकै सेवा हुन्छ ।
तिमीले के गर्छौ भन्ने मनोवृत्तिले निर्धारण गर्नेछ कि यो के हुन्छ। भगवान्लाई प्रसन्न गर्ने मनोवृत्ति हो भने सबै काम पूजा बन्छ। आफूलाई खुसी बनाउने मनोवृत्ति हो भने सबै पूजा काम बन्छ। सही मनोवृत्तिका साथ काम गर्नाले तपाईंलाई भगवान्कहाँ पुग्न मद्दत गर्नेछ।
तिमी जीवनमा बढ्दै जाँदा, तिमीले नयाँ भूमिकाहरू लिन्छौ। कहिलेकाहीँ, तिमी पुरानाहरूसँगै नयाँ भूमिकाहरू खेल्छौ; त्यसैले, प्राथमिकता दिन महत्त्वपूर्ण हुन्छ। जब तिमी विद्यार्थी हुन चाह्यौ, अध्ययन तिम्रो प्राथमिकता थियो। जब तिमी हुर्किएर एक पेसाकर्मी भयौ, तिम्रो काम प्राथमिक भयो र अध्ययन दोस्रो काम भयो। एक पेसेवरबाट तिमी पति बन्यौ, त्यसैले घर तिम्रो प्राथमिकता बन्यो र तिम्रो काम दोस्रो भयो। अब जब तिम्रो बच्चा हुन्छ, बच्चा तिम्रो प्राथमिकता बन्छ र घर गौण बन्छ। तिमी आफैँले लिएको यो नयाँ भूमिकालाई थप ध्यान दिनु आवश्यक छ।
‘यो मेरो बच्चा हो र म उसलाई ठूलो वैज्ञानिक वा डाक्टर बनाउँछु’ भन्ने सोचेर आफ्नो बच्चालाई हुर्काउनु हुँदैन। बच्चालाई यो भावनाका साथ हुर्काऊ कि ऊ एउटा पवित्र आत्मा हो जुन तिमीलाई भगवान्ले उपहार दिनुभएको छ र उहाँको पवित्रताको रक्षा गर्नु र उहाँलाई भगवान्जस्तै बन्न मद्दत गर्नु तिम्रोको कर्तव्य हो। यदि तिमीले यो भावनाका साथ बच्चालाई भगवान्लाई फिर्ता दियौ भने, तिमीले बुबाको रूपमा राम्रो काम गर्यो।
यदि तिमीले आफ्नो बच्चालाई भगवान्को उपहार र उहाँको सम्पत्तिको ट्रस्टी मात्र हो भन्ने भावनाका साथ हुर्काउछौ भने, तिम्रो मनोवृत्ति सही छ। तिम्रो हृदयले तिमीलाई आफ्ना विभिन्न कार्यहरूबीच तिम्रो समय कसरी विभाजन गर्ने बारे बताउनेछ। यदि तिमी यो भावनाको साथ जिउनुछौ भने, भगवान्ले तिमीलाई हरेक क्षणमा ठीक काम गर्न, ठीक समयमा, ठीक तरिकाले मार्गदर्शन गर्नुहुनेछ।
३ फेब्रुवरी, २०१७ । बिहान, साफ आनन्दम्, युवा सत्सङ्ग, सिङ्गापुर
मे २०२३ तेस्रो हप्ता
प्रश्न ३ : कहिलेकाहीँ तिमीले गरेको काम सफल हुन्छ, तर अन्य समयमा, यो त्यस्तै प्रकारको प्रयासले सफल हुँदैन। त्यस्तो किन हुन्छ ?
स्वामीः हरेक कुरा तिमी यहाँ किन आएका हौ भन्ने अन्तिम उद्देश्यबाट नियन्त्रित हुन्छ । यदि तिमीले भगवान्सँग प्रार्थना गरेर भन्यौ, “म केवल आध्यात्मिक हुनुपर्दछ, मैले मेरो जीवन धार्मिक मार्गमा चलाउनुपर्दछ, मैले मेरो जीवन तपाईंलाई खुसी हुने तरिकाले चलाउनुपर्दछ,” सबै कुरा त्यहीअनुसार हुन्छ जस्तो देखिन्छ। सफलता पनि तब मात्र आउँछ जब त्यो परम उद्देश्यमा लैजान्छ। अन्यथा, यदि तिमीले त्यो मार्ग अनुसरण गरेनौँ भने, असफलता आउनेछ, किनकि त्यो मार्गनिर्देशन उच्च स्तरमा आउँछ। तिमी के चाहन्छौ, स्पष्ट होऊ। तिमीले जे चाहन्छौ, त्यही पाउनेछौ ।
संसार कल्पवृक्ष हो, इच्छा पूरा गर्ने रुख हो। तिमीले जे पनि माग्छौ, त्यही पाउनेछौ । एकातिर तिमी हिटलर र अलेक्जेंडर द ग्रेट बन्न सक्छौ, अर्कोतिर भरत र जनक बन्न सक्छौ। हामीले सफलताको रूपमा जे चित्रण गर्छौं अत्यन्त व्यक्तिगत हो। एकको लागि सफलता भनेको अर्कोको लागि सफलता होइन। तिम्रो लागि सफलता भनेको सानो बच्चाको सफलता होइन। जन्मेको बच्चाको लागि सफलता भनेको हिँड्न सक्षम हुनु हो। यदि ऊसँग एक अर्ब डलरको चेक छ भने, उसले टुक्रा टुक्रा पार्नेछ। त्यो बच्चाको लागि सफलता होइन; हिँड्नु र दौडनु महत्त्वपूर्ण छ।
तिम्रो लागि एउटा सफल व्यापारी हुनु सफलता हो, महान् विद्वान्को लागि, पैसा सफलता होइन तर ज्ञान हुनु सफलता हो । कसैको लागि, युद्ध र राज्य जित्नु सफलता हो; ऊ विद्वतवृतिमा पनि इच्छुक हुने छैन । यी सबै सफलताका विचारहरू व्यक्तिगत हुन्छन् । तिमीले आफ्नै लागि अर्थको परिभाषित गर्नुपर्छ । ‘यसलाई म आफ्नो लागि सफल जीवन सम्झन्छु
१ फेब्रुवरी २०२० । कोडाइ परिवारसँग सत्सङ्ग, सिङ्गापुर
मे २०२३ चौथो हप्ता
प्रश्न ४ : एक महान् मलेसियन भक्तले एक पटक स्वामीलाई सोधे, “म निरन्तर सेवा गर्ने म्याराथन धावकहरू कसरी प्राप्त गर्न सक्छु ?” यो प्रश्नको उत्तर के छ ?
स्वमी : भित्र र बाहिर आफ्नो देवत्व महसुस गर्ने, भगवान्जस्तै बन्न कहिल्यै नरोक्नेहरू मात्रै तिम्रा म्याराथन धावक हुन सक्छन्, किनकि तिनीहरूले निरन्तर अरूको कल्याणको लागि काम गर्छन्, अरूको दुःख देख्दा एक क्षणको लागि पनि चुपचाप बस्दैनन्। तिनीहरूको हृदय पग्लन्छ र तिनीहरूको हातले तुरुन्तै अरूको दुःख हटाउने कार्य गर्दछ। जसले साँच्चै दिव्यता महसुस गर्छन्, जसले सबैलाई आफ्नो रूपमा जोड्न सक्छन्, म्याराथन धावकहरू हुन सक्छन् जसले कसैलाई नभनी निरन्तर काम गर्छन्।
यस्तो भावनाको विकास नामस्मरण, भजन आदिको प्रक्रियाबाट हुन्छ। सम्पूर्ण प्रक्रिया एकता विकासको लागि हो। जब एक हात दुखेको कारण यो आफैले काटेकोले हो, अर्को हातले नसोधी पट्टी लगाउनेछ। एउटा खुट्टा भाँचिएकोले दुख्यो भने अर्को खुट्टालाई सहयोगको लागि अनुरोध गर्नुपर्दैन, ‘कृपया केही समयको लागि मेरो यो भार उठाइदेऊ’ भनेर । त्यसै गरी, जब तपाईं अरूलाई दुःखमा देख्नुहुन्छ, कसैले पनि तिमीलाई केही गर भन्दैन । एक पटक तिमीले एकताको महसुस गर्यौ भने तिमीले तुरुन्तै के आवश्यक छ त्यही गर्नेछौ ।
अरूको पीडामा एकता महसुस नगरेसम्म ती कामहरू गरिरहनुहोस्। त्यही नै मार्ग हो। तबसम्म गर्नुहोस स-साना टुक्राहरू यहाँ र त्यहाँ हुँदासम्म। धेरै राम्रो सङ्गतमा, तिमीमा राम्रो भावना हुन्छ – तर, जब तिमी आफ्नो जीवनमा फर्किन्छौ, तिमीले सेवालाई बिर्सन्छौ।
२२ जुन, २०१८ | साई करुणा, एट्लाण्टा, अमेरिकामा भएको सत्सङ्ग